बिहीबार, वैशाख १३, २०८१
16:44 | २१:२९

इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको हत्या

रासस–एएनआई नोभेम्बर १६, २०२०

फाइल तस्विर

आदिस अबाबा, १ मंसिर––अफ्रिकी मुलुक इथियोपियामा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इथियोपियाको मानव अधिकार आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा सशस्त्र आतंककारी समूहले आक्रमण गरेका थिए ।

आयोगले आक्रमणकारी समूहको पहिचान र आक्रमण गर्नुको कारण भने खुलाएको छैन । हालैका महिनाहरुमा बेनिशाङ्गुल–गुमुज क्षेत्रमा विभिन्न जातीय समूहहरुबीच हिंसात्मक झडपहरु हुने गरेका छन् ।

यी आक्रमण–प्रत्याक्रमणबाट सयौं व्यक्तिको ज्यान जानुका साथै हजारौं मानिस विस्थापित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू