शनिबार, साउन १२, २०८१
02:40 | ०७:२५

बेलायतवासी गीतकार भरत लोहोरुङको ‘बिहानीको झुल्के घाम झैं’ सार्वजनिक


लन्डन । भरत लोहोरूङ राई बेलायत बस्ने परिचित एकजना साहित्यकार हुन् । बेलायतको व्यस्तताबीच पनि साहित्य सिर्जनामा अहोरात्र तल्लीन उनको शब्द रचना भएको गीत ‘बिहानीको झुल्के घाम झैं’ को म्यूजिक भिडियो गत शनिवार अक्टोबर ३१ तारिख सार्वजनिक भएको छ । ‘रामशोभा यूट्यूब च्यानल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

डी आर अन्टुको संगीत रहेको उक्त गीतमा स्वरूपराज आचार्य र दीपा लामाको स्वर छ ।

बेलायती नेपाली डायस्पोरामा चर्चा कमाइरहेकी मोडेल सिर्जना निङलेखु र मण्डल थेबेको मुख्य अभिनय रहेको म्यूजिक भिडियो निर्देशन सुल्तान इडिङगोले गरेका छन् भने निर्माण रामशोभा राईको हो ।

बेलायतको केण्ट र वेल्सका विभिन्न स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोमा सैनिक जीवनका पलहरु समेट्ने प्रयास गरिएको गीतकार भरत लोहोरूङ राईले बताए । किंग्स् रेकार्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतका रेकर्डिस्ट सुरेश राई हुन् भने अंग्रेजी सब टाइटल समेत राईकै छ ।

म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू