शुक्रबार, वैशाख १४, २०८१
06:31 | ११:१६

लण्डन बस्दै आएकी निरुशाको गीत सार्वजनिक, फिल्मजस्तै भिडियो

शिव परियार र निरुशाको गीतमा चलचित्रका कलाकारको अभिनय

लण्डन । एक दशकदेखि लण्डन बस्दै आएकी गायिका निरुशा भट्टराई आफ्नो नयाँ गीतमार्फत दर्शक-श्रोतामाझ आएकी छन् ।

निरुशा र गायक शिव परियारको आवाज रहेको ‘छलक छलक छल्क्यो माया’ बोलको गीतको म्युजिक भिडियो विहिबार सार्वजनिक भएको छ ।

हेर्दा छोटो चलचित्र जस्तै लाग्ने करीब ८ मिनेटको उक्त म्यूजिक भिडियोमा नेपाली चलचित्रका चर्चित कलाकारहरू पल शाह, बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन्।

नयाँ नयाँ न्युज नेपाल नामक युटुब च्यानल मार्फत आएको फरक शैलीको गीतलाई अधिकांश दर्शकले रुचाएका छन् । एकै दिनमा हजारौले युटुबमा प्रतिक्रिया दिएका छन्।

अष्ट्रेलिया बस्दै आएका संगीतकार दिपक सिलवालले संगीत भरेको गीतमा शब्द पनि उनकै छ ।

बेलायत आउनुअघि नेपालमा उद्यघोषिकको रुपमा आफ्नो पहिचान बनाएकी थिइन् निरुशाले ।

आफ्नो पहिलो गीत सार्वजनिक भएलगत्तै सकारात्मक प्रतिक्रिया पाएकी गायिका अहिले उत्साहित बनेकी छन् ।

दर्शक र श्रोेताले म्युजिक भिडियोलाई छोटो चलचित्र जस्तै रहेको भन्दै रुचाएको निरुशाले सुनाइन् ।

नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त गायक शिव परियारको गायन र चलचित्रमा रुचाइएका कलाकारहरूको अभिनयका कारण समेत गीत र भिडियो थप रुचाइएको उनलाई लागेको छ ।

प्रारम्भिक रुपमा दर्शक-श्रोताबाट ठूलो हौसला पाएको गीतले आगामी दिनमा कत्तिको लोकप्रियता कमाउने हो हेर्न बाँकी छ ।

हेरौं रुनिशाको गीतको म्युजिक भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू