बिहीबार, चैत १५, २०८०
15:47 | २१:३२

उपत्यकामा एक हजार ५५२ सहित थप ३ हजार २१५ नयाँ संक्रमित

नेपाली लिङ्क अक्टोबर २२, २०२०

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार २१५ जना नयाँ कोरोना संक्रमित  थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमितमध्ये काठमाडौँमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरि उपत्यकामा मात्र एक हजार ५५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । यसैगरी नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक लाख २ हजार ८२० पुगेको छ ।  पछिल्लो २४ घन्टामा मात्र ३ हजार २१५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

यसैगरी नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  योसंगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।  अहिले विभिन्न स्थानका अस्पतालमा २९० जना आइसीयूमा र ७७ जना भेन्टिलेटरमा उपचारार्थ रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू