शनिबार, जेठ १, २०७८
08:12 | १२:५७

क्याथे प्यासिफिकद्वारा ८ हजार बढी रोजगारी कटौती   

रासस/एपी अक्टोबर २१, २०२०

हङकङ, ५ कात्तिक– हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये पाँच हजार तीन सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् । त्यस बाहेक अरु छ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु दुई हजार छ सय पद भने पहिलेदेखि नै खाली थियो । कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू