शुक्रबार, वैशाख १४, २०८१
14:00 | १८:४५

आइसोलेसन बसेकालाई लण्डनका व्यवसायी रोकाको पहलमा आर्थिक सहयोग

नेपाली लिङ्क अक्टोबर २०, २०२०

लण्डन । लण्डनका एकजना व्यवसायी तथा समाजसेवी जनक रोकाको पहलमा पूर्वी चितवनको एकमात्र कोभिड-१९ आइसोलेसन केन्द्र, रत्ननगर नगरपालिका टरौलीमा आइसोलेसन बसेकालाई आर्थिक सहयोग गरिएको छ । 

बेलायतका दयालु मन भएका ३७ जनाले १ लाख एकासी हजार नौसय उन्नसत्तरी रुपैयां पठाएका हुन् । सो रकम समाजसेवीहरु कृष्णबहादुर बोहरा बुदौली, घनश्याम पाण्डे र अशोक खतिवडा टरौली तथा बालकृष्ण चापागाई झुवानीको निगरानीमा सो केन्द्रको समितिमार्फत खर्च गर्ने व्यवस्था मिलाइएको छ ।

सो केन्द्रमा प्रत्येक २ हप्तामा करिव २५ देखि ३५ जना नियमित बिरामी भैरहेको जानकारी अनुसार समतिले सो रकमबाट प्रत्येक महिना ४० हजार खर्च गरी करिब ३ महिनासम्म राहतलाई निरन्तरता दिने निर्णय भएको छ ।

पहिलोपटक केन्द्रमा रहेका व्यक्तिलाई हर्लेक्स, मह, कागती, बिस्कुट, साबुन, माक्स, ग्लोब्स र सेनिटाइजर बितरण गरिसकेको छ । 

व्यवसायी जनक रोकाले सम्पूर्ण चन्दादाता र सेवामा काम गर्ने सबै टोली सदस्यलाई आभार ब्यक्त गरेका छन् । ‘सामाजिक हितमा काम गर्नेको अनिकाल लागेका बेला हाम्रो सानो प्रयासले सामाजमा राजनीति होइन सकारात्मक सोचको विकास होस् भन्ने सन्देश जाने आशा छ’-रोका भन्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू