शुक्रबार, वैशाख १४, २०८१
17:14 | २१:५९

बेलायतनिवासी सुमिताले ल्याइन् ‘वाचाबन्धन’


लन्डन । बेलायत निवासी गायिका सुमिता राईले आफ्नो डेब्यु एल्बम सगुनको गीत ‘वाचा बन्धन’ को भिडियो भर्खरै सार्वजनिक गरेकी छिन् । उनले आफ्नै युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरेकी हुन् ।

उक्त भिडियो निर्देशक एवं छायांकन भुपेन्द्र तुम्बाहाम्फे लिम्बुले गरेका छन् । म्यूजिक भिडियोमा मेरो अनलाइन टिभीका चर्चित भिजे एव पत्रकार विश्व लिम्बु, उदीयमान कलाकारद्वय मलाइका बस्नेत र सुजता थुलुङ राईको अभिनय छ । गीतमा कोरियोग्राफी स्वयं भुपेन्द्र तुम्बाहाम्फे लिम्बुले गरेका छन् भने मेकअप विमल तामाङ र भिडियो सम्पादन अनिल रानाले गरेका 
छन् ।

प्रेम वियोगको गीत भएपनि भिडियोले अहिलेको कठिन परिस्थितिमा भएका कतिपय घट्नाक्रमलाई पृथक ढंगले प्रस्तुत गरेको सुमिता बताउंछिन् । गत वर्ष सार्वजनिक गरिएको उक्त एल्बममा समेटिएका ६ वटा गीतमध्ये दोस्रो नम्बरमा रहेको ‘वाचा बन्धन’ गीतका गीतकार मुकेश राई हुन् भने लय मन थुलुङ र संगीत संयोजन हरि लम्सालले गरेका छन् ।

पुरख्यौली घर खोटाङ, बाक्सिला भइ हाल बेलायत ननिटन बस्ने सुमिता सानैदेखि नृत्य र गायनमा रुची राख्ने गर्थिन् । सुमिताले प्रवासमा रहेर पनि आफ्नो कलामार्फत नेपाली गीत संगीतलाई निरन्तरता दिएकी छिन् । तर, व्यस्तताले चाहे जति ‘रियाज’ गर्न नसकिएको दुःखेसो उनको छ ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू