शनिबार, वैशाख ८, २०८१
23:15 | ०४:००

बेलायतमा कोरोनाको मृत्‍युदर अझै बढ्दै जाने विज्ञको चेतावनी

संक्रमण दर फेरि उत्कर्ष विन्दुमा

नेपाली लिङ्क अक्टोबर ११, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण दर फेरि उत्कर्ष विन्दुमा पुगेको विज्ञहरुले बताएका छन् । पछिल्लो समय गत मार्चमा संक्रमण उत्कर्षमा रहँदा जस्तै अहिले दोस्रो चरणमा पनि संक्रमण दर निकै उच्च तहमा पुगेको उनीहरुको भनाइ छ ।  

इंग्ल्याण्डका डेपुटी चिफ मेडिकल अफिसर जोनाथन भ्यान टमले परिस्थिति जटिल बन्दै गएको बताएका छन् ।

केहि हप्तायता युवाहरुमा पनि कोरोना संक्रमण बढेकोमा दु:ख व्यक्त गर्दै उनले यसअघिको संक्रमण भन्दा अबको संक्रमण जाडो मौसम भएकाले बढी ‘खतरनाक’ हुने बताए । तर, बेलायतमा परीक्षण क्षमतामा गरिएको सुधार र उपचार पद्धतिका कारण समस्याको समाधान सहज बन्ने उनको भनाइ छ ।  

आगामी साताहरुमा कोरोना संक्रमितको मृत्युदर अझ बढ्दै जाने बताउंदै सामाजिक भीडभाडबाट अलग रहन उनले आग्रह गरेका छन्। 

संक्रमण नियन्त्रणको प्रयासमा सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रतिबन्धसम्बन्धी कडा घोषणा गर्ने अपेक्षा गरिएको छ । 

संक्रमण नियन्त्रणको प्रयासमा तीन तहको लकडाउनसम्बन्धी नियम ल्याउने सरकारको तयारी छ । संक्रमणको दर र जोखिमका आधारमा क्षेत्रगत रुपमा लकडाउन लागू गरिनेछ 

बेलायतमा पछिल्लो एक दिनमै थप १५ हजार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८१ जनाको मृत्यु भएको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ शनिबार ले जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ६ सय ८४ संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल बेलायतका हस्पिटलमा ३ हजार ८ सय ३७ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ४ सय ४२ जनालाई भेन्टिलेटरमा  राखेर उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू