बिहीबार, वैशाख १३, २०८१
02:07 | ०६:५२

इंग्ल्याण्डमा लकडाउन तयारी

छुट्टाछुट्टै किसिमका प्रतिवन्ध लगाइने

नेपाली लिङ्क अक्टोबर ८, २०२०

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

लन्डन । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि सरकारले थप कडाइ गर्ने तयारी गरेको छ । बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यले आगामी सोमबारदेखि लकडाउन सम्बन्धि नियम परिमार्जित गरिने बताइएको छ  ।

यद्यपि यसको घोषणा हुन बाँकी छ । के कस्तो नीति अपनाउने भन्ने बारेमा छलफल भइरहेको  कम्युनिटीज् सेक्रेटरी रोबर्ट जेनरिकले बताएका छन् । प्राप्त जानकारी अनुसार तीन किसिमको लकडाउन प्रणाली लागू गर्ने तयारी हुंदैछ ।

विभिन्न क्षेत्र अनुसार छुट्टाछुट्टै किसिमका प्रतिवन्ध नियम लागू हुने बताइएको छ । हाल १० बजेसम्म संचालनमा रहेका पब तथा रेष्टुरेन्टहरु प्रभावित क्षेत्रमा बन्द गर्न सकिने बीबीसीले जनाएको छ । यसैगरी रात बिताउने गरि अन्यत्र जान नपाइने नियम पनि लागू हुने सम्भावना छ ।

विशेषगरी उत्तरी इंग्ल्याण्डमा सोमबारबाट नयाँ नीति लागू हुने भएको छ । संक्रमण बढेपछि म्यानचेस्टर, लिभरपुल, न्यूकासल, नटिंघमलगायत क्षेत्रमा नयां नियम लागू हुन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू