शुक्रबार, चैत १६, २०८०
20:13 | ०१:५८

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन

रासस सेप्टेम्बर २०, २०२०


काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।

कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित छन् ।

कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू