बिहीबार, वैशाख ६, २०८१
13:13 | १७:५८

बेलायतमा ४ महिनायताकै सबैभन्दा बढी संक्रमण

एक दिनमै थपिए ४ हजार नयाँ संक्रमित

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका नयाँ केसहरुको संख्या ह्वात्तै बढेको छ ।  

बुधबार अपरान्ह सार्वजनिक तथ्यांकले एक दिनको अवधिमा मात्रै थप ३ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको देखाएको छ ।  

गत मे महिनाको शुरुयता यति ठूलो संख्यामा एकैदिन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।  

‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ बाट जारी तथ्यांकअनुसार पछिल्लो एक दिनमा कोरोना संक्रमित २० जनाको मृत्‍यु भएको छ ।   

यससंगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४१ हजार ६ सय ८४ पुगेको छ भने संक्रमितहरु करिब ४ लाखको नजिक पुगेका छन् ।

बेलायतमा  कोरोनाका दैनिक संक्रमणका केसहरु पछिल्ला केही दिनमा तीव्र दरले बढ्दै गएका छन् ।  

संक्रमण नियन्त्रणको प्रयासमा सरकारले गत सोमबारदेखि ६ जनाभन्दा बढीको ‘सोसल जमघट’ मा रोक लगाएको छ । तर यो नियम मात्रै पर्याप्त नभए आउंदो साताहरुमा थप कडाई गर्ने तयारीमा सरकार रहेको बताइएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले संक्रमण नियन्त्रण उद्धेश्यले लागू गरिएका नियमहरु अवलम्बन गर्दै दोस्रो लकडाउन गर्नुपर्ने अवस्था निम्तिन नदिन देशवासीलाई आव्हान गरेका छन् । फेरि लकडाउनको सामना गर्नुपरे देशको अर्थतन्त्रमा निकै ठूलो धक्का पुग्ने उनको भनाइ छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू