बिहीबार, वैशाख १३, २०८१
04:41 | ०९:२६

लन्डनको विशेष आकर्षण ‘विन्टर वण्डरल्याण्ड’ यो वर्ष नहुने

स्वास्थ्य सुरक्षा तथा यात्रा प्रतिबन्ध जस्ता विविध कारण स्थगित

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२०

लन्डन । लन्डनको विशेष आकर्षण हाइड पार्क कर्नरमा प्रत्येक वर्ष गरिने ‘विन्टर वण्डरल्याण्ड’ नामक एक विशाल क्रिसमस मेला यो वर्ष नहुने भएको छ ।

मध्य नोभेम्बरदेखि जनवरी पहिलो हप्तासम्म संचालन गरिने उक्त मेला यसपटक कोरोना संक्रमणका कारण स्थगित गर्ने घोषणा गरिएको हो । स्वास्थ्य सुरक्षा तथा यात्रा प्रतिबन्ध जस्ता विविध कारणले यो वर्ष कार्यक्रम स्थगित गरिएको आयोजकले बताएका छन् ।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दा मेला गर्न कुनै पनि विकल्प नभएको बताउंदै आयोजकले सन् २०२१ को ‘विन्टर वण्डरल्याण्ड’ भव्य रुपमा गरिने बताएका छन् । ‘यो समाचार सबैका लागि दुःखद हुनेछ, धेरै मानिस पक्कै निराश हुनेछन्’- आयोजकले भनेका छन् ।

युरोपकै आकर्षक र लोकप्रिय मानिने उक्त मेलामा सर्कस, आइस शो, लाइभ म्यूजिक, रोलर कोष्टर, विभिन्न किसिमका स्टल लगायत थुप्रै बार तथा रेष्टुरेन्ट संचालन हुने गर्दछन् 

दशौँ लाख मानिसको भीड लाग्ने ‘विन्टर वण्डरल्याण्ड’ मा बालबालिकादेखि वृद्धवृद्धा समेत रमाउने गर्दछन् । सन् २००७ बाट निरन्तर गरिंदै आएको उक्त मेलामा निशुल्क प्रवेश व्यवस्था हुने गर्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू