शुक्रबार, वैशाख ७, २०८१
06:35 | ११:२०

लन्डनमा ग्याँससहितको भ्यानमा आगलागी (भिडियो सहित)

लन्डन । लन्डनको फेल्थमस्थित रस्किन एभिन्यूमा घर अगाडी पार्क गरेर राखेको भ्यानमा आगलागी भएको छ ।

आज बिहान करिब ७ बजेर २५ मिनेट जाँदा भएको उक्त आगलागीमा कुनै मानवीय क्षति नभए पनि भ्यान पूर्ण रुपमा क्षति भएको छ । भ्यानमा ग्याँस सिलिन्डर राखिएको हुँदा निकै टाढासम्म बिस्फोटको आवाज सुनिएको थियो ।

प्रहरी तथा बारुणयन्त्रको सहयोगमा तुरुन्तै आगो नियन्त्रण गरिएको थियो । आगलागीको कारण थाहा हुन नसके पनि त्यहाँ राखिएको ग्याँस सिलिन्डरका कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू