बिहीबार, वैशाख १३, २०८१
05:12 | ०९:५७

यूके, युरोपमा अलपत्र थप २५४ नेपाली आज फर्कंदै

फर्कनेमा केम्यान आइल्याण्डमा पानीजहाज र होटलमा काम 
गर्ने १८ जना समेत

नेपाली लिङ्क अगस्ट १, २०२०

लन्डन । लकडाउनका कारण यूके, युरोप लगायत देशमा अलपत्र थप नेपाली आज शनिबार हिथ्रोबाट नेपाल फर्कंदैछन् । हिथ्रो टर्मिनल ५ बाट दिउसो २ बजे उड्ने कतार एयरवेजको कमर्सियल फ्लाइट २५४ जना नेपाली लिएर उड्ने तयारी गरिरहेको हो ।

उक्त फ्लाइटले दोहासम्म लानेछ भने त्यहांबाट चार्टर विमानमार्फत काठमाडौंसम्म लगिने ट्राभल कन्सोलका निर्देशक बिराज भट्टले जानकारी दिए । उनले यूके, युरोपका अलपत्र नेपालीको उद्दारमा संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन् । उद्दारमा नेपाल सरकार र लन्डनस्थित नेपाली दूतावासको पनि सहकार्य छ ।

भट्टका अनुसार, आज फर्कने नेपालीमा केम्यान आइल्याण्डमा पानीजहाज र होटलमा काम 
गर्ने १८ जनासहित अन्य छन् । माल्टामा अड्किएका नेपाली पनि फर्कंदैछन् ।

भिजिट भिजामा आएर अड्किएका अनि परिवारिक वा अन्य जरुरी काम पर्नेहरु फर्कने पनि तयारीमा छन् ।

लन्डनस्थित नेपाली दूतावासको संयोजनमा गत महिना दुईवटा चार्टर विमानमार्फत २२९ जना नेपाली स्वदेश फर्किसकेका छन् । त्यसपछि अड्किएका नेपाली उद्दार गर्न लागिएको यो चौंथो पटक हो ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौंथो चरणको उद्धार उडान शुरु भइसकेको छ । नेपाल सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू