बिहीबार, वैशाख १३, २०८१
11:50 | १६:३५

नेपालमा कोरोनाबाट थप १ सय ९ संक्रमित, एकको मृत्यु

नेपालमा ३ लाख ३९ हजार १ सय ५७ जनामा कोरोना परीक्षण

नेपाली लिङ्क जुलाइ २५, २०२०

काठडमाडौं । गएको २४ घन्टामा नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

विगत २४ घन्टामा १ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

हालसम्म १३ हजार ५३ जना संक्रमित निको भैसकेका छन् । यसरी नेपालमा कोरोना संक्रमितको निको हुने दर ७०.६ प्रतिशत रहेको छ ।

देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत छन् । हालसम्म नेपालमा ३ लाख ३९ हजार १ सय ५७ जनामा कोरोनाको परीक्षण गरिएको छ ।

थप एक युवतीको मृत्यु

यसैगरी, नेपालमा कोरोना संक्रमित एकजना १७ वर्षीया युवतीको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  ।

बारा परवानीपुर ८ निवासी ति किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो  ।

उनलाई स्वाप्रश्वास सम्बन्धि समस्याका साथै पखाला लाग्ने जिउ काम्ने जस्ता लक्षण देखिएको प्रवक्ता गौतमले बताए । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुने कूल संख्या ४५ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू