बिहीबार, वैशाख २०, २०८१
22:54 | ०३:३९

नेकपा विवाद यथावत, राष्ट्रपतिसँग अध्यक्षद्धयको भेट

रासस जुलाइ १८, २०२०

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत । तस्वीर सौजन्य- प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले शीतलनिवास पुगेर राष्ट्रपतिलाई भेटघाट गरेका हुन् ।

भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला आज सचिवालय बैठकसमेत बसेको थियो । आजको सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले पार्टीमा देखिएको सङ्कट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए । शीर्ष नेताबीच सरकार र पार्टी सञ्चालनका विषयमा एकमत नहुँदा यसअघि पटकपटक स्थायी कमिटी बैठक स्थगन हुँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू