शनिबार, वैशाख १५, २०८१
01:25 | ०६:१०

ब्राजिलमा कोरोना संक्रमणबाट ३४ हजारको मृत्यु  

ब्राजिलमा गएको २४ घण्टामा एक हजार ४३७ जनाको मृत्यु

रासस जुन ५, २०२०

रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो समय ब्राजिलमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या अत्यधिक मात्रामा बढ्दै गैरहेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ ।

विगत २४ घण्टामा ३० हजार ९२५ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ६ लाख १५ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि कोरोनाको संक्रमणबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु ब्राजिलमा भएको छ । अमेरिकामा १ लाख १० हजार भन्दा बढीको मृत्यु भएको छ भने बेलायतमा झन्डै ४० हजारको ज्यान गैसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू