बिहीबार, वैशाख १३, २०८१
15:11 | १९:५६

आइसोलेसनमा भर्ना भएका दुई व्यक्तिको मृत्यु

नेपाली लिङ्क मे २७, २०२०

कैलाली–कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका ५० वर्षीय पुरुषको बुधबार विहान मृत्यु भएको छ । कैलाली गौरीगंगा नगरपालिकाका ति पुरुष भारतको महाराष्ट्रबाट आएका थिए ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई हिजो मात्र सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरस (कोभिड १९) को आशंकामा उनलाई आइसोलेसनमा राखिएको र कोरोना हो वा होइन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलनसमेत गरिएको छ ।

यसैगरी बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको पनि आजै मृत्यु भएको छ । गुलरिया–४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुरका  ५५ वर्षीय जोधि गोडियाको निधन भएको हो ।

उनलाई कोरोना भए नभएको  स्वाब परीक्षणको रिपोर्टपछि मात्रै पुष्टि हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू