शुक्रबार, वैशाख ७, २०८१
03:30 | ०८:१५

भारतमा कोरोना संक्रमितको संख्या १ लाख २५ हजार नाघ्यो

रासस-एएनआई मे २३, २०२०

नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म कोभिड-१९ संक्रमितको संख्या १ लाख २५ हजार १ सय १ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार बिहान जारी तथ्यांकअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ७ सय २० पुगेको छ ।

संक्रमणबाट निको भएका बिरामीको संख्या ५१ हजार ७ सय ८४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६९ हजार ५ सय ९७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४४ हजार ५ सय ८२ नागरिक कोरोना भाइरस संक्रमित छन् ।

महाराष्ट्रपछि तमिलनाडूमा १४ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । गुजरातमा १३ हजार २ सय ६८ संक्रमति रहेका छन् । दिल्लीमा १२ हजार ३ सय १९ जना कोरोना संक्रमित छन् ।

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी छ । कोरोना भाइरस संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउन मे ३१ सम्म जारी रहने घोषणा गरेको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू