शुक्रबार, चैत १६, २०८०
12:20 | १८:०५

भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

रासस-एएनआई मे २१, २०२०

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ५ हजार ६ सय ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड-१९ संक्रमितको संख्या १ लाख १२ हजार ३ सय ५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

बिहीबार बिहान जारी तथ्यांकअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ४ सय ३५ जना पुगेको छ । संक्रमणबाट निको भएका बिरामीको संख्या ४५ हजार ३ सया रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६३ हजार ६ सय २४ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड-१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँ मात्र ३९ हजार २ सय ९७ नागरिक कोरोना भाइरस संक्रमित छन् ।

महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा छ । जहाँ १३ हजार ७ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण छ । गुजरातमा १२ हजार ५ सय ३७ तथा दिल्लीमा ११ हजार ८८ जना कोरोना संक्रमित छन् ।

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी छ । संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको ‘लकडाउन’ मे ३१ सम्म जारी राखिने घोषणा गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू