मंगलबार, वैशाख ११, २०८१
10:01 | १४:४६

नेपालमा थप १७ मा संक्रमण: संक्रमित पुगे ४ सय ४४

रासस मे २१, २०२०

काठमाडौँ । नेपालमा विहीबार थप १७ मा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप संक्रमण देखिएको बताए ।

विहीबार नयाँ थपिएसँगै संक्रमित ४ सय ४४ पुगेका छन् । नयाँ संक्रमितमा झापाका १५ तथा धनकुटा र सुनसरीका एकएक छन् ।

सहप्रवक्ता अधिकारीका अनुसार झापा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला छन् ।

संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

बुधबार २५ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म ४५ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू