मंगलबार, वैशाख ४, २०८१
11:06 | १५:५१

नेपालमा कोरोनाको संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु

मृतक गुल्मीका ४१ वर्षीय पुरुष

नेपाली लिङ्क मे २१, २०२०

लन्डन । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित पुरुषको विहीबार बिहान ७ बजे  मृत्यु भएको छ । 

मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि  जेठ १ गतेदेखि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मदानेको  कंगे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक उनी बिरामी भएर अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल भर्ना भएका थिए । उनको निधनसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गुल्मीका पहिलो कोरोना संक्रमित शिक्षकको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

उनको निधनबारे यसअघि पनि गलत समाचारहरु बाहिर आएका थिए । हालसम्म  नेपालमा कोरोना संक्रमतिको कुल संख्या ४ सय ४४ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू