मंगलबार, ४ नोभेम्बर, २०२५
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक


    
    
नेपाली लिङ्क
मे २०, २०२०
    
    
काठमाडौं ।  सरकारले दुई दिनअघि पारित गरेको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले बुधबार मन्त्रालयमै एक पत्रकार सम्मेलनमार्फत नक्सा सार्वजनिक गरिन् ।  
नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका क्षेत्र समावेश छन् । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले सरकारले उपलब्ध यथेष्ट प्रमाणहरुको आधारमा नयाँ नक्सा तयार गरेको बताइन् ।
नयाँ नक्साले सम्पूर्ण नेपालीको मनोबल उच्च पारेको भन्दै उनले अब विश्वकै नक्सा परिवर्तन हुने बताइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स 
 
    ट्रेन्डिङ
- १
 - २
 - ३
 - ४
 - ५
 



