मंगलबार, वैशाख ११, २०८१
15:49 | २०:३४

नेपालमा थप दुईमा संक्रमण, १०१ पुगे संक्रमित

नेपाली लिङ्क मे ७, २०२०

काठमाडौँ ।  नेपालमा ‘कोभिड-१९’ को संक्रमण विहीबार थप दुई जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तुका १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको जनाए । 

यो सँगै संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू