शुक्रबार, चैत १६, २०८०
23:28 | ०५:१३

बेलायतमा नयाँ कार रजिष्ट्रेसन दोस्रो विश्वयुद्धयताकै न्यून

नेपाली लिङ्क मे ७, २०२०

लन्डन । बेलायतमा यस वर्ष नयाँ कार दर्ता संख्यामा दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो गिरावट आएको छ ।

यो गिरावट दोस्रो विश्वयुद्धपछि अर्थात सन् १९४६ पछिकै पहिलोपटक भएको ‘सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स’’ (एसएमएमटी) ले बताएको छ ।

कोरोना भाइरस (कोभिड-१९) का महामारीका कारण मोटर व्यवसायमा पनि नराम्रोसंग असर पुगेको हो ।

‘एसएमएमटी’ का अनुसार सन् २०२० को अप्रिल महिनासम्म ४ हजार ३ सय २१ वटा नयाँ कारहरु दर्ता भएका छन् । सोहि अवधिभित्र गत वर्ष १ लाख ६१ हजार ६४ वटा नयाँ कारहरु दर्ता गरिएका थिए ।

गत वर्षको तुलनामा यस वर्ष नयाँ कार रजिष्ट्रेसनमा ९७ प्रतिशतले गिरावट आएको छ । कार डिलरहरुले यस वर्ष दोस्रो विश्वयुद्धयताकै सबैभन्दा नराम्रो संकटको सामना गर्नुपरेको बताइएको छ ।

गत महिनाको अप्रिलसम्म दर्ता गरिएका ७० प्रतिशत जति कारहरु कम्पनी आफैंले स्टकको लागि दर्ता गराएका हुन् । जसमध्ये केहि ‘लकडाउन’ पूर्व नै अर्डर गरिएका ‘एसएमएमटी’ ले बताएको छ ।

अहिले प्रायजसो कारहरु डिलरको माध्यमबाट भन्दा पनि ‘होलसेलर’ तथा निर्माताको तर्फबाट आउने गरेको बताइएको छ ।

‘टेसला मोटर’ ले पहिलोपटक यसवर्ष ‘एसएमएमटी बेष्ट सेलर’ हात पार्न सफल भएको छ । त्यसैगरी ‘जग्वार’ ले दोस्रो स्थान हात पार्न सफल भएको छ । तर, वार्षिक रुपमा सर्वाधिक बिक्री हुने ‘फोर्ड’ कम्पनीको ‘फिएस्टा’ भने दशौँ स्थानमा समेत पर्न सकेन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू