शुक्रबार, वैशाख ७, २०८१
01:47 | ०६:३२

वृद्धवृद्धालाई औषधि र सुरक्षा सामग्री बाँड्दै कँडेल ग्रुप

नेपाली लिङ्क अप्रिल २८, २०२०

लण्डन । लण्डनस्थित ‘कँडेल ग्रुप’ ले सञ्चालन गरेका साउथ ईष्ट लण्डनका तीन फार्मेसीले स्थानीय नेपाली वृद्धवृद्धाहरुलाई औषधि र अत्यावश्यक सुरक्षा सामग्री सहयोग गर्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट हालै निको भएका ग्रुपका ‘म्यानेजिङ डाइरेक्टर’ राजन कँडेलले साउथ ईष्ट लण्डनमा बसोबास गर्ने नेपाली वृद्धवृद्धाहरुलाई सहयोग गर्ने बताएका छन् ।

फार्मेसीबाट अत्यावश्यक औषधि र मास्क, पञ्जा, स्यानिटाइजर लगायतका सामग्री सहयोग गर्न लागिएको कँडेलले बताए ।

उनका अनुसार यो सहयोग विशेष गरी ७० वर्ष नाघेका नेपाली वृद्धा तथा अवकाश प्राप्त गोर्खाहरुलाई दिइनेछ । साथै विभिन्न ‘मेडिकल कन्डिसन’का कारण कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई सहयोग केन्द्रित हुनेछ ।

कँडेल ग्रुपबाट लण्डनको एबिउडमा ‘नीम ट्री फार्मेसी’, प्लमस्टिडमा ‘प्लमस्टिड फार्मेसी’ र वुल्वीचमा ‘वुल्वीच लेटनाइट फार्मेसी’ सञ्चालन भइरहेका छन् ।

यी तीन वटै फार्मेसीहरुले जोखिममा रहेका नेपाली वृद्धवृद्धाहरुलाई घर घरमा गएर सहयोग वितरण गर्ने कँडेलले बताएका छन् । यो सहयोग साउथ ईष्ट लण्डनमा मात्र केन्द्रित रहने तथा ७० वर्ष नाघेका र सरकारले जारी गरेको निर्देशिकाभित्र पर्ने समूहलाई मात्र प्रदान गरिने उनले बताए ।

‘नीम ट्री फार्मेसी’ की सुपरीटेन्डेण्ट फार्मासिष्ट शोभा कँडेल र ‘प्लमस्टिड फार्मेसी’ की सुपरिटेन्डेण्ट फर्मासिष्ट दिलासा श्रेष्ठले सहयोगको आवश्यकता पर्नेहरुलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । केही हप्ता अगाडि कोरोना भाइरसबाट संक्रमित भएकी शोभा कँडेल पनि अहिले संक्रमणमुक्त भएर काममा फर्किसकेकी छन् ।

सहयोग आवश्यक पर्नेहरुलाई निम्न नम्बरमा सम्पर्क राख्न कँडेल ग्रुपले आग्रह गरेको छ ।

एबिउड :  ०२०८३११९००३       02083119003
प्लमस्टिड : ०२०८३११०६३६    02083110636
वुल्लवीच :  ०२०८३१६७९७     0208316797

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू