शुक्रबार, वैशाख १४, २०८१
16:28 | २१:१३

लन्डनमा सोमबारदेखि बस यात्रा निशुल्क

नेपाली लिङ्क अप्रिल १८, २०२०

लन्डन । लन्डनमा सोमबारदेखि बस यात्रा निशुल्क हुने भएको छ । यात्रुहरुलाई अगाडिको ढोकाबाट प्रवेश निषेध पनि गरिएको छ ।

ट्रान्सपोर्ट फर लन्डन (टिएफएल) ले बसचालकसहित आफ्ना कर्मचारी कोभिड १९ का कारण मर्ने क्रम बढेपछि अस्थायी रुपमा यो नियम लागू गर्न लागेको हो ।

कार्ड रिडरमा ओस्टर वा कन्ट्याक्टलेस कार्ड छुन नपरेपछि चालक सुरक्षित रहने विश्वास टिएफएलको छ ।

कोरोना भाइरसका कारण हालसम्म बसचालकसहित २१ कर्मचारीको निधन भइसकेको छ । चालकहरुको ट्रेड युनियन ‘युनिट’ ले बस चालकहरुलाई मास्क र ग्लोब्स् उपलव्ध गराउन माग गरेको छ ।

लन्डन मेयर सादिक खानले यातायात कामदारको सुरक्षाका लागि सबै उपाय अपनाइने जनाएका छन् । उनले महामारीका बेला पनि दिनरात खटिने ति कर्मचारीप्रति आभार व्यक्त गर्दै अत्यावश्यक कामबाहेक पब्लिक यातायात प्रयोग नगर्न सर्वसाधारणमा अपिल गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू