शुक्रबार, चैत १६, २०८०
13:36 | १९:२१

बेलायतका नेपालीले खोले १५ सय क्षमताको रात्री क्लब

नेपाली लिङ्क मार्च १५, २०२३

लन्डन । नेपाली व्यवसायी सम्मिलित पावर लिमिटेड ग्रुपले बेलायतको न्यूबरीमा अर्को रात्री क्लब सञ्चालनमा ल्याएको छ ।

‘पावर नाइट क्लब न्यूबरी’ दुई रुमसहित १५०० क्षमताको लक्जरी नाइट क्लब भएको सञ्चालकले बताएका छन् ।

झण्डै डेढ मिलियन पाउण्ड लगानीमा उक्त क्लब खुलेको हो । उक्त क्लब व्यवसायीहरु बालकुमारी रोका र क्लाउसन डायसको स्वामित्वमा छ ।

राती १० बजेदेखि खुल्ने मेन रुम एकहजार ३०० क्षमताको छ भने टिकी बार सांझ ७ बजेबाट खुल्छ जसमा २०० जनासम्म भिआइपी लाउञ्जमा बसेर रमाइलो गर्न सक्ने सञ्चालक बालकुमारीका श्रीमान् सन्दिप पौडेलले जनाए ।

उक्त क्लबमा प्रत्येक शुक्रबार र शनिबार विश्वप्रसिद्ध डिजेहरु आइरोनिक, डयानिटी, क्रेग नाइट, एस काजी लगायतले गीत संगीत प्रस्तुत गर्छन् ।

अत्याधुनिक साउण्ड सिस्टम र लाइटिङ उपलब्ध रहेको उक्त क्लबमा योङगन, जीजी, सिक्स् नोभा, जिओन फोस्टर आदि कलाकार आएर गीत प्रस्तुत गरिसकेका छन् । आउंदो शुक्रबार स्टिल ब्यांगल्स् आउने व्यवसायी पौडेलले जनाए ।

गत डिसेम्बर १७ मा खुलेको उक्त नाइट क्लबमा ४ वटा नाइटमा एकै दिन १५०० बढी दर्शक सहभागी भएको पौडेलले जनाए । ‘यहां परिवार, साथीभाई, सहकर्मी जो पनि आएर भरपुर मनोरन्जन लिन सक्नुहुन्छ’, पौडेलले भने ।

उता, पावर नाइट क्लबको अर्को शाखा लन्डनको अक्सब्रीजमा छिट्टै खुल्ने सञ्चालकले बताएका छन् । उक्त क्लबमा १० वटा भिआइपी कक्ष बनाइने र त्यसमा बेग्लै बार र बाथरुम हुने सञ्चालकको दावी छ ।

झण्डै ४.३ मिलियन पाउण्ड लगानीको उक्त नाइट क्लब यूकेकै ठूलो र लक्जरियस् हुने बताइएको छ । उक्त क्लब अमेरिकी कम्पनी ग्रीन पाम लिमिटेडले ९ महिनाभित्र बनाउंदैछ ।

यी व्यवसायीहरुको यसअघि स्वीन्डनमा समेत अत्याधुनिक प्रविधि र साजसज्जासहित रात्रीक्लव सञ्चालनमा आइसकेको छ ।

स्वीन्डन टाउनमा झण्डै ८ लाख पाउण्डमा ‘पावर लाउञ्ज’ खुलेको हो । ९०० जना अट्ने क्षमताको उक्त क्लव बेलायतमा नेपालीले खोलेको सबैभन्दा ठूलो क्लव हो ।

पावर नाइट क्लब न्यूबरीका केही दृश्यहरु-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू