शुक्रबार, चैत १६, २०८०
07:51 | १३:३६

इजरायलमा दुई वर्षमा चौंथो निर्वाचन तयारी

रासस/एएफपी मार्च १४, २०२१

तस्बिर एएफपी

जेरूसेलम, १ चैत–इजरायलमा दुई वर्षभित्र यही मार्च २३ मा चौंथो पटक निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड–१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् ।

गत वर्ष भएको निर्वाचनमा नेता नेतन्याहुको दक्षिणपन्थी समूहलाई सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जलाई बहुमत मिलेको थियो । फलस्वरूप यहाँ गान्जको सहयोगमा नेतन्याहुको नेतृत्वमा सरकार बनेको थियो ।

बाध्यतावश गठन भएको नेतन्याहुको नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेपछि इजरायली राजनीतिले विश्वभर चर्चा पाएको थियो । गठबन्धनको केही महिनामै सरकारले नयाँ निर्वाचन गरी ताजा जनादेश लिने प्रयासहरू थालेको थियो ।

कोभिड–१९ खोपलाई अहिलेसम्म ४० प्रतिशतभन्दा बढी नागरिकलाई दिन सफल इजरायली प्रधानमन्त्री नेतन्याहुले कोभिड–१९ विरूद्धको अभियानलाई सफल पार्नुलाई आफ्नो नेतृत्वको सरकारको प्रमुख सफलताका रूपमा उल्लेख गरेका छन् ।

७१ बर्षीय नेतन्याहुले इजरायलमा सबैभन्दा लामो समयसम्म सरकारको नेतृत्व गर्ने इतिहास कायम गरिसकेका छन् ।

यसैगरी, नेतन्याहुका प्रमुख प्रतिद्वन्द्वी गान्जले नेतन्याहुमाथि लगाइएका भ्रष्टाचार मुद्दालाई नै आफ्नो निर्वाचनको प्रमुख विषय बनाउने देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू