शुक्रबार, वैशाख ७, २०८१
17:05 | २१:५०

कोरोनाबाट यो साता विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्य    

विदेशमा ३४१ नेपालीको निधन

नेपाली लिङ्क मार्च १४, २०२१

लन्डन । कोरोना संक्रमणका कारण योसाता विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्यमा झरेको छ । छ हप्तापछि  पहिलो पटक विदेशमा  कोरोना संक्रमणका कारण मृत्यु शून्य भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलिएको  कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३४१ नेपालीको निधन भइसकेको छ ।

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले यस साता कोरोना संक्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको बताए ।

यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५३ देशमा ६३ हजार ३०७ नेपालीमा कोरोना पुष्टि भएको छ भने ६१ हजार २३७ संक्रमणमुक्त भएका छन् ।

समितिका संयोजक डा सापकोटाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले  र  केही अपवादबाहेक खोप प्रयोगबाट गम्भीर समस्या नदेखिएकाले खोप लगाउन सापकोटाले आव्हान गरे ।

तर, केही विशेष अवस्थाका मानिस जस्तै जसको प्रतिरक्षा प्रणाली कमजोर छ, जटिल रोग लागेका तथा अन्य जटिल स्वास्थ्य समस्या भएकाले भने चिकित्सकसँग सल्लाह गरेर मात्रै खोप लिन उनको सुझाव छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू