शुक्रबार, वैशाख ७, २०८१
07:50 | १२:३५

बेलायत कोरोना अपडेट: थप १२१ को मृत्यु

५ हजार ५३४ नयां संक्रमित

नेपाली लिङ्क मार्च १३, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ४६४ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ५३४ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयां संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ५३ हजार ८२० पुगेको छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ८ हजार २९ जनामा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ११० रहेको स्वास्थ्य विभागले जनाएको छ ।

दुई करोड ५२ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ५२ लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । शनिबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ५२ लाख १६ हजार ८५७ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ३६ लाख ८४ हजार १०३ जनाले पहिलो डोज लिएका छन् भने १५ लाख ३२ हजार ७५४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

बेलायतमा कोरोना भाइरस संक्रमण फैलिने दर क्रमश: घट्दै गएको शुक्रबार सार्वजनिक सरकारी तथ्यांकमा छ ।

पछिल्लो तथ्यांकअनुसार बेलायतमा संक्रमण दरको मापक ‘आर नम्बर’ शून्य दशमलव ६ देखि शून्य दशमलव ८ को बीचमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू