शुक्रबार, चैत १६, २०८०
10:25 | १६:१०

गीतकार नीराले स्वर्गीय पिताको सम्झनामा बांडिन् खोप केन्द्रमा खाना

नेपाली लिङ्क मार्च ५, २०२१

लन्डन । बेलायतमा बसोवास गर्दै आएकी गीतकार नीरा पीजीले आफ्नो दिवंगत पिताको सम्झना गर्दै अल्डरसटको प्रिन्सेस हलमा संचालित कोरोना विरुद्धको खोप केन्द्रमा शुक्रबार निशुल्क खाना बांडेकी छन् ।बुबाको स्मुति र मार्च ३ तारिख आफ्नो जन्मदिनको उपलक्ष्यमा केही पूण्य काम गर्न चाहेर खाना वितरण गरेको उनले बताइन् । भूतपूर्व गोर्खा हवल्दार सार्जेन्ट दलु पुन (२११३४३४९) को गत वर्षको जुन १५ का दिन ९३ वर्षको उमेरमा निधन भएको थियो ।आमा मंगली पुनको इच्छा अनुसार बुबाको सम्झनामा प्रिन्सेस हल खोप केन्द्रमा कार्यरत चिकित्सक, नर्ससहित चार दर्जन बढी स्वयंसेवकलाई निशुल्क खाना वितरण गरेको नीराले बताइन् ।

२५ जना जीपी डाक्टर र नर्सहरु लगायत दुई दर्जन भन्दा बढी स्वयंसेवकलाई नेपाली खानाको रुपमा परिचित मःम र पानी वितरण गरिएको थियो । सानो सहयोग भएपनि आफूले पूण्य काम गरेको महशुस भएको र आत्मशान्ति मिलेको नीराले बताइन् । ‘व्यवस्थापनका लागि विशेष भूमिका निर्वाह गर्ने शिव कल्चरल कम्युनिटी सेन्टरका महासचिव विक्रम भट्टराई, खानाको प्रबन्ध मिलाइदिने नांग्लो मःम रेष्टुरेन्टकी उषा गुरुङ, अमृत गुरुङ, फ्रान्कीज क्याफेका राजन गुरुङ, गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष एलबीजेड गुरुङ लगायत सम्पूर्ण स्वयंसेवकहरुको सहयोगप्रति आभार प्रकट गर्न चाहन्छु, नीराले भनिन् ।

उक्त समारोहमा ग्रेटर रसमोर नेपाली समाज यूकेका पूर्व अध्यक्ष जीव बेल्वासेको पनि उपस्थिति थियो  । कोभिड महामारीका बेला बेलायत सरकार तथा एनएचएसको सहयोगलाई कहिल्यै बिर्सने नसक्ने आमा मंगली पुन बताउछिन् । आमा मंगली पुन, छोराहरु धनवीर पुन, बलबहादुर पुन, पूर्ण बहादुर पुन, गेमबहादुर पुन, बुहारीहरु जुना पुन, बिना पुन, धन रोका पुन, हरी माया पुन, छोरीहरू मन्सु पुन, गौमाया पुन र निरा पिजीका साथै नातिनातिनीहरू लगायतले स्व. पुनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू