



नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् ।
बुधबार पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।
महामन्त्री कोइरालाले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए । प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भने, ‘नेकपालाई फुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै फुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’
उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए ।
फरक प्रसंगमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५