शनिबार, वैशाख १५, २०८१
22:25 | ०३:१०

बेलायत सरकारको वार्षिक बजेट घोषणा हुंदै, फर्लो स्किम सेप्टेम्बरसम्म लम्ब्याइने

नेपाली लिङ्क मार्च ३, २०२१

अर्थमन्त्री ऋषि सुनाक

लन्डन । बेलायत सरकारको आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुंदैछ । बेलायत सरकारका अर्थमन्त्री ऋषि सुनाकले बुधबार मध्यान्ह साढे १२ बजे संसदमा बजेट घोषणा गर्दैछन् ।

बेलायतको यसपटकको बजेट मुख्यतः कोभिड महामारीका कारण थलिएको अर्थतन्त्रलाई फेरि लयमा फर्काउने दिशामा केन्द्रित हुनेछ ।

बेलायती अर्थतन्त्रले पछिल्लो वर्ष दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो ऋणभार बोक्न बाध्य बनेको छ । यही अवस्थाबाट अर्थतन्त्रलाई उकास्दै आर्थिक वृद्धि हासिल गर्नुमा बजेट लक्षित रहनेछ ।

बेरोजगारी बढ्न नदिने र कम्पनीहरुलाई टिकाउने आफ्नो प्राथमिकताअनुसारकै बजेट सरकारले ल्याउँदैछ ।

महामारीका कारण बन्द वा प्रभावित कम्पनीका कामदारको ८० प्रतिशत तलव सरकारले नै व्यहोर्ने ‘फर्लो स्किम’ आउँदो सेप्टेम्बरसम्म लम्ब्याइने घोषणा हुंदैछ । गत वर्ष मार्चबाट शुरु भएको फर्लोको अवधि लम्ब्याउँदै यसअघि आउँदो अप्रिलसम्म पुरयाइएको थियो ।

बजेट भाषणमा अर्थमन्त्री सुनाकले ‘स्ट्याम्प डुयुटी’ छुटको अवधि पनि लम्ब्याइने घोषणा गर्नेछन् । त्यस्तै, कम्पनीहरुले मुनाफाबापत बुझाउने ‘कर्पोरेसन ट्याक्स’ बढाइने घोषणा समेत हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू