बिहीबार, वैशाख १३, २०८१
00:11 | ०४:५६

बेलायत कोरोना अपडेट: थप ७३८ को मृत्यु

१ करोड ५९ लाख बढीले लगाए खोप

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ७३८ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर; ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १८ हजार ९३३ पुगेको छ ।

तयस्तै बितेको २४ घन्टामा थप १२ हजार ७१८ जना नयां कोरोना संक्रमित थपिएका छन् । नयां थपिएसंगै कोरोना संक्रमितको संख्या ४० लाख ७१ हजार १८५ पुगेको छ ।

यसैगरी बेलायतका अस्पतालमा हाल २१ हजार संक्रमितको उपचार भइरहेको छ । जसमध्ये दुई हजार सात सय जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

१ करोड ५९ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ५९ लाख बढीले खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शुरु गरिएको खोप अभियान अन्तर्गत मध्य फेब्रुअरीसम्म डेढ करोड १.५ मिलियनलाई खोपको पहिलो डोज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ ।

बुधबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ५९ लाख ४० हजार ९७२ जनाले पहिलो र पांच लाख ५८ हजार ५७७ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

बेलायतमा हाल ६५ वर्षदेखि ६९ वर्षाबीचका उमेर भएकालाई खोप वितरण गरिंदैछ ।

हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतलाई  प्राथामिकतामा नै राखिएको छ ।

बेलायतमा हाल फाइजर र अक्सफोर्डद्वारा विकसित दुईवटा खोप वितरण भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू