मंगलबार, वैशाख ११, २०८१
11:52 | १६:३७

नेपाली समाज वेल्समा चुनियो नयाँ नेतृत्व

निरलाल मोक्तानको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति

नेपाली लिङ्क फ्रेब्रवरी १५, २०२१


लन्डन । वेल्समा बस्ने नेपालीहरुको संस्था ‘नेपाली समाज वेल्स’ को छैठौँ महाधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले निरलाल मोक्तानको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्ष लक्ष्मी अधिकारी, सचिव अमरध्वज मल्ल, सहसचिव शोभा राणा पोखरेल, कोषाध्यक्ष विभूषणमान श्रेष्ठ र सहकोषाध्यक्ष पदम पुन चयन भएका छन् ।

त्यस्तै, समितिको सदस्यहरुमा कल्पना कन्दङ्वा, विकास रानाभाट, उमेश थापा र संजीव मैनाली चुनिएका छन् । कार्यसमितिका बाँकी सदस्य र सल्लाहकारको मनोनयन नयाँ कार्यसमितिको पहिलो बैठकबाट गरिने भएको छ ।

संस्थाका निवर्तमान समितिका अध्यक्ष अमृत घलेको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदनहरुमाथि छलफल गरिएको थियो ।

सचिव अमरध्वज मल्लले पांचौ अधिवेशनयता संस्थाले गरेका कार्यक्रम, वेल्सस्थित अन्य सहयोगी संस्थाहरुसंग भाइचारा बढाउने अभिप्रायले सहयोग आदानप्रदान गरिएका कार्यक्रम, सदस्य तथा शुभचिन्तकहरुलाई आपतविपतमा गरेका सहयोग लगायतका गातिविधिसंगै संस्थामा आबद्ध सदस्यहरुको विवरण पेश गरेका थिए ।

कोषाध्यक्ष विभूषणमान श्रेष्ठले संस्थाको आर्थिक गतिविधिको एवम् सम्पति विवरण प्रस्तुत गरेका थिए । विधान समितिका रामचन्द्र पोखरेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावलाई छलफलपछि पारित गरिएको थियो ।

त्यसअवसरमा निवर्तमान समितिका अध्यक्ष अमृत घलेले आफ्नो कार्यकालको समिक्षा गर्दै मुख्य कामहरुबारे जानकारी गराएका थिए । उनले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आवश्यक सहयोगको प्रतिबद्धता पनि गरेका थिए ।

पूर्ण चन्द्र लिम्बू संयोजक रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमिति घोषणा गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू