बिहीबार, चैत १५, २०८०
08:57 | १४:४२

बेलायतमा ओरालो लाग्दै कोरोना, थप ३३३ को मृत्यु   

१४ हजार १०४ नयां संक्रमित

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणको दर केहि दिनयता लगातार ओरालो लाग्दै गएको छ । कोरोना संक्रमित र मृतक संख्यामा पछिल्ला दिनमा एक महिनायताकै कमी भएको हो ।

पछिल्लो २४ घन्टामा ३३३ जनाको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ७९८ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १४ हजार १०४ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ५९ हजार ७८४ पुगेको छ ।

संक्रमित संख्यामा पनि अघिल्लो दिनको तुलनमा कमी आएको हो । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।

बेलायतका अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्यामा कमी आएको स्वास्थ्य विभागको जनाएको छ ।

फेब्रुअरी ४ सम्मको तथ्याँक अनुसार बेलायतका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

बेलायतमा एक करोड २२ लाख बढीले लगाए खोप

बेलायतमा एक करोड २२ लाख  भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक करोड २२ लाख ९४ हजार ६ जनाले खोपको पहिलो डोज लिएका हुन् । जसमध्ये पांच लाख १२ हजार ५८१ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू