शुक्रबार, चैत १६, २०८०
02:36 | ०८:२१

बेलायतमा कोरोना खोप लगाउनेको संख्या करोड नाघ्यो

४ लाख ९८ हजार ९६२ ले लगाए दोस्रो डोज

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२१

लन्डन । बेलायतमा बुधबारसम्म एक करोड भन्दा बढी मानिसले कोरोनाविरुद्ध खोपको पहिलो डोज लिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २१ लाख ४६  हजार ४७१ जनाले खोपको पहिलो डोज लिएका हुन् ।

जसमध्ये चार लाख ९८ हजार ९६२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । हाल जारी गरिएको खोप तीन हप्ताको फरकमा दुई डोज लगाउनुपर्नेछ ।

बेलायतमा हाल फाइजर-बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित दुईवटा खोप वितरण भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू