शनिबार, वैशाख ८, २०८१
02:43 | ०७:२८

फोनिज यूकेको नेतृत्व फेरि प्रमिला राईलाई

उपाध्यक्ष गोमा राना, महासचिव कमान सिंह कर्मा पहाडी शेर्पा

नेपाली लिङ्क अक्टोबर २४, २०२०

लन्डन । बेलायतमा सक्रिय नेपाली आदिवासी जनजाति पत्रकारहरुको संगठनमा प्रमिला लाबुङ राई फेरि अध्यक्ष निर्वाचित भएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको शनिबार सम्पन्न अधिवेशनले राईलाई दोस्रो कार्यकालको लागि निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो ।

नवगठित कार्सयमितिको उपाध्यक्ष गोमा राना, महासचिव कमान सिंह कर्मा पहाडी शेर्पा, सचिव भीमल राई, कोषाध्यक्ष सुशीला गुरुङ र सदस्यहरुमा विश्वजित थापामगर, सविन्द्र कुमार गुरुङ, डा. महा राई, विसनबहादुर गुरुङ, जानु काम्बाङ लिंगदेन छन् भने बाँकी सदस्यहरु चयन हुन बाँकी छ ।

१३ सदस्यीय कार्यसमितिका विभिन्न पदमा निर्वाचित पदाधिकारी एवम् सदस्यलाई निर्वाचन समितिका प्रमुख मेजर रि. सोनाम छिरिङ शेर्पाले शपथ ग्रहण गराएका थिए । निर्वाचन प्रक्रिया संचालन गर्ने शेर्पा नेतृत्वको समितिमा नरेश खपांगीमगर र विमला सेने सदस्य थिए ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । दोस्रो कार्यकालको जिम्मेवारी लिएपछि अध्यक्ष राईले संगठनसामु रहेका चुनौतीलाई चिर्दै अघि बढ्ने अठोट व्यक्त गरेकी छन् ।

फोनिज यूकेमा आबद्ध पत्रकार मात्र नभएर बेलायतमा क्रियाशिल अन्य नेपाली पत्रकार र संगठनहरुसँग सहकार्य बढाउनु आफ्नो प्राथमिकता रहने उनले बताइन् ।

भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनमा संस्थाका अधिकांश सदस्य सहभागी थिए । फोनिज यूकेमा ४ दर्जन पत्रकार एवम् सन्चारकर्मी सदस्य छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू