शुक्रबार, चैत १६, २०८०
22:30 | ०४:१५

फ्रान्समा एकैदिन ४१ हजार बढी कोरोना संक्रमित

रासस-एएनआई अक्टोबर २३, २०२०


पेरिस-७ कात्तिक- फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

यो संख्यासँगै यहाँ उक्त कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । संक्रमणबाट फ्रान्समा करिब १० लाख संक्रमित पुगेका छन् । यहाँ गएको २४ घन्टामा १६५ जनाको निधन पनि भएको छ ।

योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५ हजार २१० जना पुगेका छन् । यहाँ गत हप्ता मात्र १० हजार १६६ जना संक्रमित अस्पताल भर्ना भएका छन् । तीमध्ये १ हजार ६२७ जनालाई आइसियुमा भर्ना गरिएको छ । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको संक्रमण निकै दु्रत गतिमा बढ्दै गएको बताएका छन् ।

यसलाई यहाँका अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू