शनिबार, वैशाख ८, २०८१
11:26 | १६:११

कांग्रेसको नेतृत्व लिन तयारी गर्दै नेता सिटौला

रासस अक्टोबर २०, २०२०

ताप्लेजुङ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् । मंगलबार ताप्लेजुङमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको दोषारोपण गरे 

दिनानुदिन नागरिक सङ्क्रमणको चपेटामा परिरहेका बेला उपचार र संक्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उनले  औँल्याए   

छुट्टै प्रसंगमा उनले पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै विभाजनलाई अन्त्य गरेर काँग्रेस अघि बढ्ने बताए । ‘महाधिवेशनबाटै काँग्रेसभित्र देखिएका बेथिति र सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुने छ’, उनले भने ।  

सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफूले गरेको उनले स्पष्ट पारे । सिटौलालाई काँग्रेस ताप्लेजुङका नेता कार्यकर्ताले समेत भेट गर्दै पार्टीभित्र देखिएको विभाजनले निराशा छाएको जनाउँदै यसको अन्त्य गर्न पार्टीलाई सुझाव दिएका थिए । 

सिटौलासँगै पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान आएका थिए । उनीहरु आजै पाथीभराको दर्शन गरेर राजधानी फर्किएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू