बिहीबार, वैशाख ६, २०८१
14:59 | १९:४४

इंग्ल्याण्डमा राष्ट्रिय लकडाउन नहुने

मध्यम, उच्च र अति उच्च गरी तीन तहको लकडाउन लागू गरिने

नेपाली लिङ्क अक्टोबर १२, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा लकडाउन सम्बन्धि नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।  तर, यसअघि जस्तो राष्ट्रिय लकडाउन भने नहुने प्रधानमन्त्रीले बताएका छन् ।

आफ्नो क्रियाकलाप र दैनिक गतिविधि परिवर्तन गरेर कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नुपर्ने सोमबार संसदमा बताएका हुन् । जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च गरी तीन तहको लकडाउन लागू गरिने घोषणा गरेका छन् ।  

मध्यम जोखिम भएका ठाउँमा हाल जारी ‘रुल अफ सिक्स’ र पब, बार तथा रेष्टुरेन्टहरु राति १० बजेसम्म नियमित रुपमा संचालन हुनेछन् । यसैगरी उच्च जोखिम भएका स्थानमा हाल जारी नियमका साथै ‘हाउसहोल्ड मिक्सिंग’ मा प्रतिबन्ध लगाइनेछ ।

अति उच्च जोखिम भएका स्थानमा भने पब, बार रेष्टुरेन्ट लगायतका हस्पिटालिटी क्षेत्रहरु बन्द गरिनेछन् ।  तर रिटेल शप, स्कुल तथा युनिभर्सिटी भने खुल्ला रहनेछन् । इंग्ल्याण्डका धेरैजसो स्थानहरु ‘मध्यम’ जोखिममा रहेको बताइएको छ भने लिभरपुललाई बुधबारबाट अति उच्च जोखिम क्षेत्रको रुपमा घोषणा गरिने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू