शुक्रबार, चैत १६, २०८०
07:35 | १३:२०

बेलायतका रेस्टुरेन्ट व्यवसायी तथा सेफहरुसंग अन्तरक्रिया तयारी

नेपाली लिङ्क अक्टोबर ७, २०२०

लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली रेस्टुरेन्ट व्यवसायीहरु तथा सेफहरुसंग समसामयिक विषयमा छलफल गर्ने भएको

कार्यक्रम यही आइतबार (११ अक्टोबर) बिहान ११.३० बजे जूम मार्फत आयोजना गरिनेछ र विभिन्न मिडियाबाट फेसबुक लाइभ पनि गरिने छ।

कोभिड-१९ का कारण प्रभावित बेलायतस्थित नेपाली रेस्टुरेन्ट व्यवसायहरुलाई ब्रिटिश सरकारले उपलब्ध गराएका सहुलियतबारे जानकारी दिन पनि हामीले यो वेबिनार आयोजना गर्न लागेका हौँ,”-एसोसियसनका अध्यक्ष सरोज सापकोटाले बताए ।

आतिथ्य उद्योगका वर्तमान चुनौती तथा अवसरहरु” विषयक छलफलबाट नेपाली व्यवसायीहरु लाभान्वित हुने आफुहरुले अपेक्षा गरेको संस्थाका महासचिव शशिधर नेपालले बताए । उनले सो अन्तरक्रियामा आफ्नो व्यवसायले भोग्नु परेका समस्या तथा आगामी योजनाबारे केही जिज्ञासा भए जूम अन्तरक्रियामा सहभागी भएर वा कार्यक्रम अगावै इमेल पठाएर प्रश्नहरु सोध्न सकिने पनि बताए । 

यस अघि नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतस्थित नेपाली व्यवसायीहरुका लागि ‘कोभिड-१९’ बाट परेको असरबाट व्यापार व्यवसायलाई कसरी जोगाउने र ब्रिटिश अर्थमन्त्री ऋषि सुनकले सार्वजनिक गरेको ‘मिनी बजेट’ का बारेमा छुट्टाछुट्टै वेबिनार गरेको थियो ।

सो कार्यक्रम नेप्लिज क्याटरर्स एसोसियसन युके तथा नेप्लिज सेफ एसोसियसन युकेसंगको सहकार्यमा योजना गरिन लागेको नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू