शुक्रबार, वैशाख ७, २०८१
19:04 | २३:४९

यूकेकी नेपाली इन्जिनियरलाई ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’

प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै नगद १५ सय पाउन्ड पुरस्कार

नेपाली लिङ्क अक्टोबर ३, २०२०

लन्डन । बेलायतको लिड्समा कार्यरत एक युवा नेपाली इन्जिनियरले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन्  ।

बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो ।

अवार्डका लागि विभिन्न समूहबाट फाइनलमा छनोट भएका प्रतिस्पर्धी इन्जिनियरहरुमध्ये उत्कृष्ट ठहर हुँदै उनले अवार्ड जितिन् ।  

प्रतिस्पर्धाको प्रारम्भिक चरणमा विश्वभरबाट सयौं इन्जिनियरहरुले आफ्नो ‘सिनोप्सिस’ पठाएका थिए । जसमध्ये उत्कृष्ट ४ फाइनालिस्टहरुले प्रस्तुत गरेको ‘फुल पेपर’ को मुल्यांकनपछि सेलिना विजेता बनेकी हुन् ।  

प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै सेलिनाले नगद १५ सय पाउन्ड पुरस्कार समेत पाएकी छन् ।  

बेलायतको लिड्स शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत छन् सेलिना । आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले सुनाइन् ।  

विश्वभरबाट हालसालै पढाई पूरा गरी काम शुरु गरेका, पढाई पूरा गर्दै गरेका नयाँ एवम् ट्रेनी इन्जिनियरहरुबीच प्रतिस्पर्धामार्फत उत्कृष्ट छनोट हुनेलाई हरेक वर्ष यो अवार्ड दिइने गरेको छ ।

कोभिड महामारीका कारण यसपटक फाइनल राउन्डसम्मको पूरै प्रतिस्पर्धा ‘भर्चुअल’ माध्यमबाटै गराइएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू