मंगलबार, वैशाख ११, २०८१
18:51 | २३:३६

आइपिएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन

रासस-एएनआई सेप्टेम्बर २४, २०२०

८ साउन–अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो ।

आकस्मिक रुपमा हृदयघात भएर उनको ५९ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्टार इन्डियाद्धारा जारी वक्तव्यमा लेखिएको छ, “डिन मेर्भीन जोन्सको निधन भएको जानकारी गराउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ । यो दुःखद् घडीमा हामी उहाँका परिवारजन, सुवेच्छुक र समर्थकहरुको साथमा छौँ । उहाँको हृदयघातका कारण आकस्मीक निधन भएको हो ।”

उनको अन्त्येष्टि व्यवस्थापनका लागि आफूहरु अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ ।

क्रिकेट खेलसम्वन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गर्नु भएका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रुपमा चिनिन्छ । उहाँले क्षमतावान युवा क्रिकेटरहरुलाई प्रोत्साहन र सहयोग गर्ने गर्नुहुन्थ्यो भने उनका दशौँ लाखौँ समर्थक थिए । उनी सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रुपमा खेल क्षेत्रमा लोकप्रिय थिए । 

चर्चित व्याड्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रुपमा क्रिकेट क्षेत्रमा योगदान पुरयाएका थिए । 

डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरीम प्रशिक्षक र पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षक समेत भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू