शुक्रबार, वैशाख ७, २०८१
00:24 | ०५:०९

‘नेपाललाई विश्वमा चिनाउन आङरिताको ठूलो योगदान’

रासस सेप्टेम्बर २२, २०२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
आङरिता शेर्पाको निधनप्रति पर्यटनमन्त्री भट्टराईले आज शोक विज्ञप्ति जारी गर्दै नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन स्व शेर्पाले महत्वपूर्ण योगदान पुरयाएको उल्लेख गरेका छन् ।
मन्त्री भट्टराईले हिमचितुवाका नामले सुपरिचित कीर्तिमानी आरोही शेर्पाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन् । आङरिता शेर्पाको सोमबार बिहान ११ बजे जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।
कृत्रिम अक्सिजनको सहयोगविना दश पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पालाई नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७७ आश्विन ६ गतेको निर्णयानुसार उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सन्देशमा उल्लेख छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू