बुधबार, वैशाख १२, २०८१
07:40 | १२:२५

उदयपुर भुल्केका २० परिवारलाई वेल्फेयर सोसाइटी यूकेबाट राहत वितरण

नेपाली लिङ्क मे ५, २०२०

लन्डन । नेपालमा कोरोनाको ‘इपिसेन्टर’ को रुपमा चिनिएको उदयपुरको भुल्केका २० घर परिवारलाई बेलायतस्थित नेपाली वेलफेयर सोसाइटी यूकेको तर्फबाट राहत वितरण गरिएको छ ।

सोसाइटीको आर्थिक सहयोगमा भुल्केका २० घर परिवारलाई मंगलबार खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

२० घर परिवारलाई एक महिनासम्म पुग्ने ३० केजी चामल, ४ केजी दाल, सेनिटाइजर, साबुन लगायत सामाग्री वितरण गरिएको राहत वितरण गरिएको अध्यक्ष धनबहादुर सार्कीले बताए ।

राहत वितरण कार्यक्रममा वडाध्यक्ष अवधेश प्रसाद चौधरी, नेकपाका नेता यदु ढकाल, नेपाली कांग्रेसका इश्वरीप्रसाद भट्टराई, राप्रपाका पवित्रा गिरी, प्रहरी हवल्दार प्रमोदकुमार यादव लगायत सहभागी थिए ।

सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीले राहतका लागि आर्थिक सहयोग गर्ने बेलायतबासी सबै दाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

बेलायतमा केहि महिनाअघि धनबहादुर सार्कीको नेतृत्वमा ‘नेपाली वेलफेयर सोसाइटी यूके’ नामक सामाजिक संस्था स्थापना गरिएको थियो ।

संस्थामा उपाध्यक्ष पूर्णबहादुर नेपाली, महासचिव शमसेर नेपाली, कोषाध्यक्ष थमबहादुर सार्की छन् । सोसाइटीले आपतमा परेका नेपालीलाई सहयोग गदै जाने बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू