शुक्रबार, वैशाख ७, २०८१
12:31 | १७:१६

नेपालगञ्जमा थप सात जनामा संक्रमण, संक्रमित ८२ पुगे

रासस मे ५, २०२०

काठमाडौँ । बाँकेको नेपालगञ्जमा पुनः मंगलबार सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका-८ का चार महिला र तीन पुरुषमा ‘कोभिड-१९’ को संक्रमण देखिएको बताए ।

उनका अनुसार २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला छन् ।

योसँगै बाँकेमा मात्र २३ जनामा संक्रमण देखिएको छ । यसअघि बाँकेमा १६ जनामा संक्रमण देखिएको थियो ।

नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । सह-प्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू