बिहीबार, चैत १५, २०८०
10:51 | १६:३६

सुनसान एम्पायर, फूर्सदमा मुहार फेर्दै

नयां ले-आउटसहित २०० सिट थपिंदै

नेपाली लिङ्क मे २, २०२०

लन्डन । बेलायतको नेपाली डायस्पोरामा ‘एम्पायर हल’ नदेखेका व्यक्ति कमै होलान् । अल्डरसटस्थित उक्त हल हरेक खालका कार्यक्रम गर्न प्रयोग हुने गर्दथ्यो । एनआरएनए यूके चुनाव होस् वा विभिन्न नेपाली संघसंस्थाका भेला, सभा सम्मेलन । जन्मदिन, बिहे भोज होस् वा अन्नप्रासन र अन्य खुशीयाली पार्टी । च्यारिटी, धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रम गर्न नेपालीको पहिलो रोजाइ हुने एम्पायर हल यतिखेर एक्लिएको छ ।

‘कोभिड १९’ महामारी फैलन नदिन सरकारले लकडाउन जारी गरि कार्यक्रममा रोक लगाएपछि अति व्यस्त रहने एम्पायर हल शान्त देखिन्छ अहिले । गत मार्च १ देखि हल सञ्चालनमा छैन् । पूर्व निर्धारित धेरै कार्यक्रम रद्द गरिएका छन् । विशेषगरि बिहे समारोहका बुकिङ रद्द भएका सञ्चालकको भनाइ छ ।

एम्पायर हल सञ्चालक पुरन गिरीका भनाइमा त्यहां साना ठूला तीन वटा हल छन् । एउटा रेष्टुरेन्ट पनि छ । ५ वर्षअघिबाट सञ्चालनमा आएको उक्त हलले कुनै बेला एकै दिन ४० हजार पाउण्डसम्म 
कारोवार गरेको इतिहास छ । मासिक डेढ लाख पाउण्ड टर्नओभर गर्दथ्यो एम्पायरले । कोरोना भाइरस महामारीका कारण निम्तिएको संकटले अहिले हलले मासिक २० हजार जति घाटा बेहोरिरहेको गिरीले बताए । ‘मेरो हलमा धेरै च्यारिटी कार्यक्रम भए, ठूला समारोह भए । नेपालीको आवश्यकता पुरा गर्न पाएकामा मलाई सन्तुष्टि चाहिं छ’, उनले भने ।

एम्पायर हल सञ्चालक पुरन गिरी

‘सरकारबाट अहिलेसम्म केही राहत पाएको छैन्’, उनले भने, ‘यतिखेर सरकारले सानो र मध्यम खालका विजनेशलाई ‘ग्रान्ट’ दिएपनि हाम्रो ठूलो विजनेश भएकाले के कसरी गर्छ बुझिरहेको छु ।’

यो वर्षभरि कार्यक्रम पर्याप्त नहुने चिन्ता उनमा छ । तर, इभेन्ट गर्नु नेपालीको आवश्यकता भएको र अन्यत्र यस्तो ठूलो अनि उपयुक्त हल नभएकाले अप्ठेरो परिस्थिति धेरै नजाने सञ्चालक गिरीको विश्वास छ । ‘अहिले हामी रिनोभेसन गरेर २०० सिट थप गर्ने कार्यमा लागेका छौं’, गिरीले नेपाली लिंकसग भने, ‘अब नयां ले-आउटसहित झन् आकर्षक बनाउंदै छौं हल ।’

गिरीको व्यापारमात्र होइन्, समाजसेवा पनि प्राथमिकतामा छ । अन्तरराष्ट्रिय पर्वत समाजका अध्यक्ष गिरी बेलायतका प्राय नेपाली संघसंस्थामा आवद्ध छन् । एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य गिरी शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका ट्रष्टी, एनआरएनए यूके सल्लाहकार, ग्रेटर रसमोर नेपलिज कम्युनिटी सल्लाहकार लगायत छन् ।

विगत २५ वर्ष देखि बेलायतमा रहेका गिरीको फ्लीटस्थित गोर्खा इन रेष्टुरेन्ट पनि बन्द छ अहिले ।

तस्बिरहरु- मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू