आइतबार, ११ अक्टोबर, २०२६
11:53 | १६:३८

पहिरोले नदी थुनिएर बुढीगण्डकीमा आकस्मिक बाढी, ठूलो भौतिक क्षति

नेपाली लिङ्क अक्टोबर ११, २०२६

काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना तथा यारुबाट १ शिशु तथा १ विदेशीसहित ९ जना र पायुबाट १२ गरी हालसम्म जम्मा ३६ जनाको उद्धार गरेको छ। अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।

गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण उत्तरी तथा मध्य गोरखाका विभिन्न गाउँपालिकाहरूमा ठूलो भौतिक क्षति पुगेको छ।

बाढीले सडक सञ्जाल जोड्ने पक्की पुल, झोलुङ्गे पुल, निर्माणाधीन जलविद्युत् आयोजना र स्थानीय बस्तीहरू बगाउँदा समग्र जनजीवन प्रभावित बनेको छ।

पहिरोले नदी थुनिएर बुढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू